पछिल्लो २४ घण्टामा मुलुकमा २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९२० जनाको परीक्षणमा २७१ जनामा संक्रमण पुष्टि भएको हो । जसमा पीसीआर परीक्षणबाट २२४ जना र एन्टिजेन परीक्षणबाट ४७ जनामा संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा १७५ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ । साथै कोरोना सक्रिय संक्रमितको संख्या ३ हजार १९४ पुगेको छ ।





























प्रतिक्रिया