गण्डकीका चार जिल्लामा बिहानदेखि विद्युत् अवरुद्ध

गण्डकीका चार जिल्लामा बिहानदेखि विद्युत् अवरुद्ध

केन्द्रबिन्दु
0
Shares

गण्डकी प्रदेशका चार जिल्लाहरू पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा झण्डै सात घण्टादेखि विद्युत् सेवा अवरुद्ध भएको छ ।

नेपाल विद्युत् प्राधिकरणको पर्वत वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीका अनुसार १३२ केभि मादी–पोखरा प्रसारण लाइन अवरुद्ध हुँदा बिहीबार बिहान साढे पाँच बजेदेखि चार जिल्लामा विद्युत् अवरुद्ध भएको हो ।

पर्वतको मोदी गाउँपालिकादेखि पोखरामा जडान भएको लाइनमा समस्या आएको भएपनि समस्या भएको ठाँउ एकिन नभएको गोशलीले बताए । ‘पोखरादेखि मोदीसम्मको लाइनमा तार चुँडियो की, टावर नै ढल्यो की वा अरू नै केही भयो की भन्ने अझैसम्म पनि पत्ता लाग्न सकेको छैन । प्राविधिक टोलीले लाइन बिस्तार गरिएकै बाटो हिँडेर फल्ट पत्ता लगाउने प्रयास गरिरहेको उनले बताए । 

मंगलवारदेखि भइरहेको निरन्तरको वर्षा नरोकिएका कारण पनि विद्युत् लाइनमा आएको समस्या पत्ता लगाउन कठिनाइ भइरहेको छ। मर्मतका लागि गएको टोलीलाई वर्षाले समस्या बनाएको छ।
 

Logo