आज थप २०६ जनामा कोरोना संक्रमण पुष्टि, ३ को मृत्यु

आज थप २०६ जनामा कोरोना संक्रमण पुष्टि, ३ को मृत्यु

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा मुलुकमा थप २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८६९ जनाको परीक्षणमा २०६ जनामा संक्रमण पुष्टि भएको हो । जसमा पीसीआर परीक्षणबाट १३४ जना र एन्टिजेन परीक्षणबाट ७२ जनामा संक्रमण देखिएको छ । 

पछिल्लो २४ घण्टामा ३९८ जना संक्रमणमुक्त भएका छन् भने तीन जनाको मृत्यु भएको छ । साथै कोरोना सक्रिय संक्रमितको संख्या २ हजार ८९१ पुगेको छ । 

Skip This
Skip This
Logo