आज थप २०० जनामा कोरोना संक्रमण, २ को मृत्यु

आज थप २०० जनामा कोरोना संक्रमण, २ को मृत्यु

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा मुलुकमा थप २०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५३७ जनाको परीक्षणमा २०० जनामा संक्रमण पुष्टि भएको हो । जसमा पीसीआर परीक्षणबाट ९२ जना र एन्टिजेन परीक्षणबाट १०८ जनामा संक्रमण देखिएको छ । 

पछिल्लो २४ घण्टामा ३३९ जना संक्रमणमुक्त भएका छन् भने दुई जनाको मृत्यु भएको छ ।  नेपालमा हालसम्म महामारीमा १२ हजार ७ जनाले ज्यान गुमाइसकेका छन् ।  २ लाख ९७ हजार ११५ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

साथै कोरोना सक्रिय संक्रमितको संख्या २ हजार ६४२ पुगेको छ । 

Skip This
Skip This
Logo