टिकटक बनाउने क्रममा लडेर एकको मृत्यु

टिकटक बनाउने क्रममा लडेर एकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

टिकटक बनाउँने क्रममा भीरबाट खसेर दाङमा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका -७ का नवीन केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन कुमार गौतमले जानकारी दिए। 

शनिबार बिदाको दिन साथीहरूसँग घुम्न दाङ–सल्यानको सीमा क्षेत्रमा पर्ने राम्री पुगेर फर्कने क्रममा तुलसीपुर–७ का ३४ वर्षीय केसीको तुलसीपुर –३ साततलेमा टिकटक बनाउने क्रममा गएराति भीरबाट ८० मिटर तल खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

घाइते अवस्थामा उद्धार गरेर राप्ति प्रादेशिक अस्पताल पुर्‍याइएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

Skip This
Skip This
Logo