पछिल्लो २४ घण्टामा थप १४२ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १४२ जनामा कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा मुलुकमा थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४५० जनाको परीक्षणमा १४२  जनामा संक्रमण पुष्टि भएको हो । जसमा पीसीआर परीक्षणबाट ११६ जना र एन्टिजेन परीक्षणबाट २६ जनामा संक्रमण देखिएको छ । 

पछिल्लो २४ घण्टामा २३० जना संक्रमणमुक्त भएका छन् भने कसैले ज्यान गुमाएको खबर छैन ।  नेपालमा हालसम्म महामारीमा १२ हजार ७ जनाले ज्यान गुमाइसकेका छन् ।  एक लाख ७८ हजार ९०६ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

साथै कोरोना सक्रिय संक्रमितको संख्या २ हजार ५२८ पुगेको छ । 

Logo