कोटेश्वरका अवैध संरचनामा पनि चल्यो महानगरकाे डोजर

कोटेश्वरका अवैध संरचनामा पनि चल्यो महानगरकाे डोजर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाले कोटेश्वर क्षेत्रमा रहेका अवैध संरचना हटाउन सुरु गरेको छ । आइतबार साँझ महानगरको टोली नै पुगेर फुटपाथ मिचेर राखेको होर्डिङ बोर्ड, होटल, टहरा लगायतका संरचना डोजरको प्रयोग गरेर हटाइएको हो ।  

मेयर बालेन शाहको नेतृत्वमा महानगरले मापदण्डविपरीत राखिएका फुटपाथ तथा टिकट काउन्टरका होर्डिङ बोर्ड हटाउँदै  आएको छ । यसअघि काठमाडौमा पार्किङको समस्या देखिएको भन्दै नयाँबानेश्वर, शंखमुल, सुन्धरा, न्युरोड, दरवारमार्ग र बबरहमल क्षेत्रका अनधिकृत संरचना डोजरको नै प्रयोग गरेर भत्काइसकेको छ ।

साथै महानगरले सवारी दुर्घटना बढेको भन्दै त्रिपुरेश्वमा राखिएको डिजिटल होर्डिङ बोर्ड पनि हटाएको छ । 

Logo