जापान पठाईदिन्छु भनी १३ लाख ठगी गर्ने पक्राउ

जापान पठाईदिन्छु भनी १३ लाख ठगी गर्ने पक्राउ

केन्द्रबिन्दु
0
Shares

जापान पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका–९ घर भई हाल ललितपुर बालकुमारी बस्ने ३८ वर्षीया मिना सुब्बा छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । 

जापानको प्रतिष्ठित होटलमा मासिक ३ लाख रुपैयाँसम्म तलब हुने गरी काममा लगाइदिने प्रलोभनमामा पारी पीडितबाट १३ लाख रुपैयाँ लिई उनी सम्पर्क विहीन भएकी थिइन् । 

मिनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–३१ सुविधानगरबाट पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।

 

Logo