ओखलढुङ्गा।
ओखलढुङ्गाको लिखु गाउँपालिकाका उपाध्यक्ष शान्ता ढुंगेललाई कोभिड–१९ सङक्रमण पुष्टि भएको छ । उनी गाउँपालिकामा कोरोना रोकथामका लागि सचेतना फैलाउन, क्वारेन्टिन व्यवस्थापन गर्न र सङक्रमितको उपचारको व्यवस्थापनमा खटिंदै आएकी थिइन् ।
गाउँपालिकाको कामको सिलसिलामा काठमाडौं पुग्दा उनको स्वास्थ्यमा समस्या देखिएपछि स्वाब परीक्षण भएको र नतिजा पोजेजिभ आएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए। उपाध्यक्ष ढुंगेलको स्वास्थ्य अवस्था सामान्य रहेकाले होम आइसोलेसनमा रहेको बताइएको छ । “स्वास्थ्यमा खासै समस्या रहेको छैन । घरैमा बसेर आराम गरिरहेको छु । छिट्टै कोरोनालाई जितर गाउँपालिकाको काममा फर्किने छु । ” उनले भनिन् ।
यसअघि जिल्लाका जनप्रतिनिधिमा कोरोना सङ्क्रमण देखिएको थिएन । लिखु गाउँपालिकामा कोरोनाको सङ्क्रमण देखिएको थियो । जिल्लामा अहिले दुई जना सक्रिय कोरोना सङक्रमित छन् । उनीहरुको जिल्ला अस्पताल रुम्जाटारमा उपचार भइरहेको छ ।रासस





























प्रतिक्रिया