भारतीय सेना प्रमुख पाण्डेलाई मानार्थ महारथीको पदवी प्रदान

भारतीय सेना प्रमुख पाण्डेलाई मानार्थ महारथीको पदवी प्रदान

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाका प्रमुख मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गरेकी छन् ।

सोमबार दिउँसो राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित  एक विशेष समारोहमा राष्ट्रपति भण्डारीले नेपाल भ्रमणमा रहेका प्रमुख पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गरेकी हुन्। भ्रमणको बेला नेपाल र भारतबीच एक-अर्काका सेना प्रमुखलाई मानार्थ महारथीको पदवी दिने परम्परा छ। 

पाण्डे प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणमा पाँच सदस्यीय भ्रमणदलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन् । भ्रमणका दौरान उनले सैनिक मञ्च टुँडिखेलस्थित विर स्मारकमा श्रद्धाञ्जली अर्पण र जङ्गी अड्डामा सम्मान गारत निरीक्षण गरिसकेका छन् । साथै प्रधान सेनापति शर्मासँग पनि भेटघाट भैसकेकाे छ । 

प्रमुख पाण्डेले  प्रधानमन्त्री तथा रक्षा मन्त्री शेरबहादुर देउवासँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

Logo