पछिल्लो २४ घण्टामा थप १५२ जनामा कोरोना पुष्टि, २ को मृत्यु

पछिल्लो २४ घण्टामा थप १५२ जनामा कोरोना पुष्टि, २ को मृत्यु

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा मुलुकमा थप १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २९४ जनाको परीक्षणमा १५२ जनामा संक्रमण पुष्टि भएको हो । जसमा पीसीआर परीक्षणबाट ११० जना र एन्टिजेन परीक्षणबाट ४२ जनामा संक्रमण देखिएको छ । 

पछिल्लो २४ घण्टामा १३३ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको ज्यान गएको छ । साथै कोरोना सक्रिय संक्रमितको संख्या २ हजार ४४८ पुगेको छ । 

Logo