काठमाडौंबाट जापानको नारिताका लागि उडेको विमान आधा घण्टामै काठमाडौंमै फर्किएको छ ।
नेपाल एयरलाइन्सको वाइडबडी आर ए ४३३ हवाई जहाज बुधबार राति ११ बजे नारिताका लागि उडेको थियो । तर, विमान आधा घण्टामै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमै अवतरण भएको हो । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार जहाजको कार्गो होल यरियामा धुवाँ देखिएको थियो ।
सो विमानमा १८४ जना यात्रु नारिता उडेका थिए । त्यसपछि जहाज काठमाडौं डाइभर्ट गरेर यात्रुलाई ओरालिएको हो । प्राविधिक जाँचपछि यो जहाज आजै नारिता उड्ने तयारी छ ।































प्रतिक्रिया