आज इन्द्रजात्रा हेर्न जाने दर्शकले खुलामञ्चमा सवारी साधन पार्क गर्न पाउने

आज इन्द्रजात्रा हेर्न जाने दर्शकले खुलामञ्चमा सवारी साधन पार्क गर्न पाउने

केन्द्रबिन्दु
0
Shares

आज साँझ काठमाडौंको बसन्तपुरमा हुने इन्द्रजात्रा हेर्न जाने दर्शकले आफ्नो सवारी साधन खुलामञ्चमा पार्क गर्न पाउने भएका छन् । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उक्त जानकारी दिएको हो । आज साँझ इन्द्रजात्राको समापन हुँदै छ । समापन समारोहमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी पनि आज साँझ बसन्तपुरमा जाँदैछिन् । 

‘काठमाडौँको वसन्तपुरमा आज साँझ हुने इन्द्रजात्रामा सहभागि हुने दर्शनार्थीको सुविधालाई मध्यनजर गरी सवारी साधनलाई खुलामञ्चमा पार्किङको व्यवस्था मिलाइएको छ,’ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जारी सूचनामा भनिएको छ । 

Skip This
Skip This
Logo