गोरखा जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

गोरखा जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

गोरखाको गोरखा नगरपालिका–१३ भडारी भिरमा हिजो बेलुकी जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक गोर्खा नगरपालिका–६ बतासेका अन्दाजी १८ बर्षीय आशिष बसेल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका बसेलको उपचारको क्रममा मेडिकल कलेज भरतपुरमा बेलुकी पौने ९ बजे मृत्यु भएको हो । गोरखा–आबुँखैरेनी सडकखण्डमा गोर्खाबाट आँबुखैरेनी तर्फ जाँदै गरेको ग २ च २२९१ नम्बरको जिप र विपरीत दिशाबाट आउँदै गरेको बा ५६ प २४०८ नम्बरको मोटरसाइकल हिजो बेलुकी सवा ८ बजे ठोक्किएका थिए । दुवै सवारी साधन र जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Skip This
Skip This
Logo