पछिल्लो २४ घण्टामा थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ८२७ जनाको नमूना परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो । जसमा ६० जनामा पिसीआरबाट र ५० जनामा एन्टीजेनबाट संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा १२६ जना संक्रमणमुक्त भएका छन् भने एक जनाले ज्यान गुमाएका छन् । हाल २ हजार ६२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।





























प्रतिक्रिया