अर्थविद् डा. वाग्ले भन्छन्- एमसीसी चीनको प्रतिवाद गर्न आएको होइन

अर्थविद् डा. वाग्ले भन्छन्- एमसीसी चीनको प्रतिवाद गर्न आएको होइन


अर्थविद् डा.स्वर्णिम वाग्लले अमेरिकी सहयोग परियोजना (एमसीसी) चीनको प्रतिवाद गर्नको लागि नआएको बताएका छन् । 

शुक्रवार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थविद् डा.वाग्लले लामो समयको प्रक्रियाबाट अमेरिकी सहयोग एमसीसी चीनको प्रतिवाद गर्नको लागि नेपालको चाहनामा एमसीसी आएको बताएका हुन् । उनले नेपालले २०११ देखि एमसीसी सहयोग ल्याउने प्रयास गरेरपनि २०१७ देखि विवादमा आएको बताए । 

डा. वाग्लले नेपालमा ठूला पूर्वाधार विकास निर्माणमा आउने वैदेशिक लगानीको विषयमा वास्तविकता जानकारी नभएर हाउगुजी हुन थालेको बताए । उनले नेपालमा अझै पनि ठूला वैदेशिक दातृ निकाय भनेको एशियाली विकास बैंक,विश्व बैंक हो भन्ने मानसिकता रहेको उल्लेख गरे ।  

‘नेपालले २०११ देखि एमसीसीको लागि प्रयास गरेर पनि २०१७ देखि विवादमा आएको हो । अमेरिकाले चीनसँग प्रतिवाद गर्नको लागि एमसीसीमा हस्ताक्षर गरेको होइन । लामो समयको प्रक्रिया हुँदाहुँदै आएको हो । नेपालमा ठूला पूर्वाधार विकास निर्माणमा आउने वैदेशिक लगानीको विषयमा हाउगुजी नै भएको छ । नेपालमा अझैपनि ठूला वैदेशिक दातृ निकाय भनेको एशियाली विकास बैंक,विश्व बैंक हो भन्ने मानसिकतामा छौं । नेपाल विकासोन्मुख देश हुँदैमा वैदेशिक सहयोगमा असर गर्दैन । नेपालले ४० वर्षको लोन १ प्रतिशत ब्याजमा पाउँदा समेत खर्च गर्न नसक्ने अवस्थामा छौं ।ड उनले भने, ‘हामी सत्तामा भएको भए कति वैदेशिक ऋण लिएर कति धेरै भौतिक पूर्वाधार बनाइन्थ्यो जस्तो लाग्छ । अब त्यो झ्याल बन्द हुनेवाला छ । अब धेरै ठूलो रकममा लोन पाउनेवाला छैनौं । बिस्तारै नेपाल पनि माइक्रो अर्थतन्त्र राखेर निजी क्षेत्रको लगानी गर्ने चरणमा हामी पुग्दैछौं । वैदेशिक ऋण कम हुँदै गएपछि बाहिर स्रोत खोज्नुपर्छ । त्यसपछि अहिलेको जस्तो छाडा र गैरजिम्मेवार अर्थनीति बनाउने कार्य बन्द हुन्छ । यसले सरकारको विकास गर्ने सोच हो भने योजनाहरु बेचेलो बन्दै जान्छन् ।’
 
डा. वाग्लले युवा पुस्तामा ३० वर्षमा मुलुकको प्रतिव्यक्ति आय ४ हजार डलर पु¥याउने गरी पाँच, ७ वर्षमा त्यो डिल गर्नसक्ने नेतृत्व आवश्यक रहेको बताए । 

Logo