चिकित्सकको राष्ट्रिय परिचय पत्र असोज ६ र ७ गते बनाइने

चिकित्सकको राष्ट्रिय परिचय पत्र असोज ६ र ७ गते बनाइने


नेपाल चिकित्सक संघले चिकित्सकहरुको राष्ट्रिय परिचय पत्र यही असोज ६ र ७ गते बनाइने तयारी भएको बताएको छ । 

संघले आज एक सूचना जारी गर्दै आगामी असोज ६ र ७ गते संघको केन्द्रीय कार्यालयमा राष्ट्रिय परिचय पत्र बनाइने तयारी भएको जानकारी दिएको हो । परिचय पत्र बनाउन इच्छुक चिकित्सकहरुले तोकिएको सक्कल कागज पत्रहरु सहित अनलाइन फारम अनिवार्य भरेर संघको कार्यालयमा जान सक्ने संघले जनाएको छ । 

एक दिनमा एक सय जनासम्मको मात्र बनाउन सम्भव भएकाले सोही अनुसार प्रत्येक दिन कार्यालयमा गई नाम दर्ता गराउन संघले आग्रह गरेको छ। 
असोज २, ३, ४ र ५ गतेका दिन राष्ट्रिय परिचय पत्र नबन्ने संघले जनाएको छ। असोज ६ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म र ७ गते बिहान १० देखि मध्यान्ह १२ बजेसम्म राष्ट्रिय परिचय पत्र बनाउन सकिनेछ।

संघले परिचयपत्र बनाउन नेपाली नागरिकताको सक्कल प्रमाणपत्र, विवाहितको हकमा नागरिकतामा पतिपत्नीको नाम उल्लेख नभएमा विवाह दर्ताको प्रमाणपत्र  वा नाता खुल्ने प्रमाणपत्र अनिवार्य ल्याउनुपर्ने जनाएको छ।  

 

Logo