दशैंका लागि हवाई टिकट ८० प्रतिशत अग्रिम बुकिङ, कहाँ जान कति लाग्छ भाडा ?

दशैंका लागि हवाई टिकट ८० प्रतिशत अग्रिम बुकिङ, कहाँ जान कति लाग्छ भाडा ?


हवाई सेवा प्रदायक कम्पनीले दशैंका लागि मात्रै ८० प्रतिशत अग्रिम टिकट बुकिङ भएको जनाएको छ । 

आन्तरिक हवाई सेवा प्रदायक कम्पनीले दशैंका लागि हवाई टिकट बुकिङ खुला गरेसँगै अहिलेसम्म ८० देखि ८५ प्रतिशत टिकट बुकिङ भइसकेको जानकारी दिएको हो । यति, बुद्ध, श्री, गुण लगायत सबै एयरलाइन्समा दशैंको फुलपाती देखि अष्टमीसम्म ८० प्रतिशतभन्दा बढी टिकट बुकिङ भइसकेका छन्। 

बुद्ध एयरले हालसम्म ८० प्रतिशतभन्दा बढी बुकिङ भएको भन्दै केही क्षेमा १०० प्रतिशत बुकिङ सकिएको जनाएको छ। ‘हाम्रा अधिकांश उडान ८० प्रतिशत भन्दा बढी बुकिङ भएका छन्। पहाडी क्षेत्रमा शतप्रतिशत बुकिङ भइसकेको बुद्ध एयरलाइन्सका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिए।

दशैं आउन एक साता बाँकी हुँदा अधिकांश हवाई टिकट बुकिङ भएसँगै यति एयरलाइन्सले उडानसमेत थपेको छ। ‘८० प्रतिशतभन्दा बढी टिकट बुकिङ भइसकेको छ। हामीले पहिलेको तुलनामा उडान समेत थपेका छौ’,  यति एयरलाइन्सका प्रवक्ता सुदर्शन वर्तौलाले भने,‘आवश्यकता अनुसार अझै उडान थप्नेछौं ।’ 


 

Logo