जुम्लामा नागरिक स्तरमा सूचनाको हकको उपयोग न्यून

जुम्लामा नागरिक स्तरमा सूचनाको हकको उपयोग न्यून


जुम्लामा अन्तर्राष्ट्रिय सूचना दिवस मनाइएको छ । यसअघि राष्ट्रिय सूचना दिवस मनाउँदै आएको पाइन्थ्याे । जिल्ला प्रशासन कार्यालय जुम्लाको आयोजनामा  पहिलोपटक अन्तर्राष्ट्रिय सूचना दिवस मनाइएको हो ।

सूचनाको हक लागू भएको लामो समय पुगिसक्दा समेत नागरिक स्तरमा यसको प्रयोग न्यून छ । सूचनाको हक प्रयोग गर्नेमा पनि केही विद्यार्थी र पत्रकार भए पनि सर्वसाधारणले भने सूचनाको हक प्रयोग गर्ने गरेको पाइएको छैन ।

जुम्लाको प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले सूचनाको हक प्रयोग नागरिक स्तरबाट हुन जरुरी रहेको बताए । उनले मौखिक सूचना आदानप्रदान हुने गरे पनि लिखितमा सूचना माग्न कमै आउने गरेको बताए । प्रशासनमा सहायक प्रजिअलाई सूचना अधिकारी तोकिएको छ ।

कुनै नागरिक सूचना पाउने अधिकारबाट बञ्चित हुन नहुने प्रमुख जिल्ला अधिकारी केसरीले बताए । उनले नागरिकले सूचना मागेर कुनै सरकारी कार्यालयले नदिएको उजुरी आए कानुनी प्रक्रियामा जाने पनि बताए ।

Logo