सूर्यमुखी फूलहरू किन सूर्यकै दिशातिर फर्किन्छन् ? यस्तो छ वैज्ञानिक कारण

सूर्यमुखी फूलहरू किन सूर्यकै दिशातिर फर्किन्छन् ? यस्तो छ वैज्ञानिक कारण

केन्द्रबिन्दु
0
Shares

हामीले अहिलेसम्म थुप्रै फुलहरुको बारेमा सुनेका छौं । त्यस्का विशेषताहरुका बारेमा छलफल नी गरेका छौं । तर, तपाईलाई याद छ ? हामीले कहिले छलफल गरेका छौं कि सूर्यमुखी फूलहरू किन सूर्यको दिशातिर फर्किन्छन ? सूर्य जुन दिशामा जान्छ, सूर्यमुखी फूलहरू पनि त्यही दिशामा जानुको कारण के हाे ? यदि छैन भने जान्नुहोस यस्तो छ वैज्ञानिक कारण ।

सूर्यमुखी फूलहरू किन सूर्यको दिशातिर फर्किन्छन ?
सुर्यमुखीको फूल जाडोको तुलनामा गर्मीमा बढी सक्रिय हुने गर्दछ । ६ घण्टा भन्दा बढी घाम निस्कने ठाउँमा यसको वृद्धि विकास बढी हुन्छ । बिहानैदेखि सूर्य पूर्व दिशाबाट उदाउँदा यो फूलको मुखको दिशा पनि पूर्वतिर हुन्छ । साथै, क्रमशः सूर्यको दिशासँगै तिनीहरूको दिशा पनि परिवर्तन भइरहन्छ । खासमा सुर्यमुखी फुल सुर्यकै दिशामा फर्किनुको कारण हेलियो ट्रिपिज्म नामको हर्मन हो । सूर्यको दिशासँगै साँझपख यी फूलहरूको दिशा पश्चिमतर्फ मोडिन्छ । तर, रातको समयमा तिनीहरू फेरि पूर्व दिशा बदल्छन् र भोलिपल्ट सूर्यसँगै उदाउँछन । यो प्रक्रिया निरन्तर चलिरहन्छ । 

के हो त हेलियो ट्रपिज्म ?
जसरी मानिसको शरीरमा फरक किसिमका हर्मन हुन्छन । त्यसरी नै सूर्यमुखी फूलमा पनि हर्मन हुन्छ । जसलाई हेलियो ट्रपिज्म भनिन्छ । यसले सूर्यको किरणहरू पत्ता लगाउँछ र फूललाई सूर्य भएको तर्फ झुकाउन प्रेरित गर्छ ।  एक अनुसन्धानले सूर्यको किरण बढ्दै जाँदा सूर्यमुखी फूलको सक्रियता पनि बढ्दै जाने देखाएको छ । यो सम्पूर्ण प्रक्रिया हेलियो ट्रिपिज्मले गराउँछ ।
 

Logo