पत्रकार उपचार कोषमा ६० लाख जम्मा

पत्रकार उपचार कोषमा ६० लाख जम्मा

केन्द्रबिन्दु
0
Shares

 नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार उपचार कोषमा ६० लाख रुपैयाँ रकम जुटिसकेको छ । महासंघ झापाका सदस्य र दाताले दिएको सहयोगबाट हालसम्म कोषमा सो रकम जम्मा भएको हो ।

जिल्लामा, पत्रकार, सर्वसाधारणदेखि व्यवसायीले समेत विवाह वर्षगाँठ र जन्मोत्सवमा कोषमा रकम सहयोग गर्दै आएका छन् । कोषको रकम रु एक करोड पुर्याउने लक्ष्यसाथ सहयोगी दाताले दिएको रकम संकलन गरिरहेको महासंघ शाखा अध्यक्ष एकराज गिरीले जानकारी दिए ।  

उपचार कोष वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले मेचीनगर नगरपालिका–६ का ८४ वर्षीय कृष्ण उप्रेतीले आफ्नो जन्मोत्सवमा २५ हजार सहयोग गरेका छन् । भानु साहित्यिक प्रतिष्ठानका अध्यक्षसमेत रहेका उनले जन्मोत्सवका अवसरमा कार्यक्रम नै आयोजना गरेर सो रकम अध्यक्ष गिरीलाई हस्तान्तरण गरेका हुन् ।

Logo