मासुको हड्डी घाँटीमा अड्किएर एक जनाको मृत्यु

मासुको हड्डी घाँटीमा अड्किएर एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

मासु खाँदा घाँटीमा हड्डी अड्किएर चितवनमा एक जनाको मृत्यु भएको छ । 

जिल्लाको कालिका नगरपालिका वडा नं.८ गैरीवारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्रीको घाँटीमा हाड अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अष्टमीको दिन (सोमबार) साँझ करिब साढे ७ बजे खाना खाने क्रममा मासुको हड्डी अड्किए पछि क्षेत्रीलाई स्थानीय मेडिकलमा लगिएको थियो । 

त्यहाँ उपचार हुन नसकेपछि उनलाई पुरानो मेडिकल कलेज पु¥याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेको  जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी तथा प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । 
 

Logo