संखुवासभाको सभाखोलामा नुहाउन गएका बाबुछोरा बेपत्ता

संखुवासभाको सभाखोलामा नुहाउन गएका बाबुछोरा बेपत्ता

केन्द्रबिन्दु
0
Shares

संखुवासभाको खाँदबारी नगरपालिका ९ मा पर्ने सभाखोलामा नुहाउन गएका बाबु–छोरा बेपत्ता भएका छन् । 

आफ्नै गाडी लिएर सोमबार सभाखोला गएका उनीहरू घर नफर्किएपछि मंगलबार बिहान आफन्तले प्रहरीलाई खबर गरेका थिए । प्रदेश १–०२–००२ च ५९२० नम्बरको बोलेरो जिप, कपडा, जुत्ता, मोबाइल, साबुनलगायत सामग्री सभाखोला किनारमा भेटिएको छ । बेपत्ता हुनेहरूमा खाँदबारी ७ का करीब ४० वर्षीय तारानाथ काफ्ले र उनका छोरा १५ वर्षीय सनम काफ्ले रहेको डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए । उनीहरूको खोजीकार्य भइरहेको डीएसपी गोदारले बताए । 
 

Logo