सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका भारदहस्थित कंकालिनी मन्दिरमा नेपाली सेनाले मंगलबार हेलिकप्टर मार्फत पुष्पवृष्टि गरेको छ ।
यस मन्दिरमा हरेक बर्ष दशैंको नवमीका दिन राँगाको बलि प्रदान गर्नुअघि एक- एक राँगाको संकल्प पूजा गर्ने चलन रहेपनि यस पटक बली प्रदान हुने राँगाको संख्या बढी भएकाले सामूहिक रूपमा संकल्प पूजा गरिएको हो । जसलाई महासंकल्प पूजा भनिएको छ ।
महासंकल्प पूजाकै अवसर पारेर मंगलबार बिहान हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको मन्दिर समितिले जनाएको छ । दशैंको नवमी तिथिका दिन यस मन्दिरमा राँगाको बली प्रदान गर्ने चलन छ । यो मन्दिरमा यस पटक ६७५ राँगा बली प्रदानका लागि दर्ता भएको मन्दिर समितिले जनाएको छ ।





























प्रतिक्रिया