दाङको देउखुरीस्थित अर्जुन खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ ।
मङ्गलवार खोलामा डुबेर लमही नगरपालिका वडा नम्बर ४ अर्नवाका १० वर्षीय अजित विक र १२ वर्षीय ललित परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । खोलामा डुबेर अचेत भएका दुबै बालकलाई उपचारका लागि लमही अस्पताल पु¥याएलगत्तै डाक्टरले मृत घोषित गरेका थिए ।
मङ्गलवार दिउँसो साढे ३ बजे लमहीको अर्जुनखोला पुल मुनि नुहाउन गएको बेला खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव अहिले लमही अस्पतालमा राखिएको छ । मृतक दुवै जना बालकको शव पोस्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइने प्रहरीले बताएको छ ।





























प्रतिक्रिया