इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लाग्दा तेह्रथुममा बुधबार एक युवकको मृत्यु भएको छ।

करेन्ट लागेर आठराई गाउँपालिका–४ इवाका २४ वर्षीय निलम इङनामको मृत्यु भएको इलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक योगराज सुवेदीले जानकारी दिए। उनको घटनास्थलमै मृत्यु भएको हो।

इन्टरनेट जडानका लागि विद्युतीय पोलमा चढ्दा इङनामलाई करेन्ट लागेको प्रहरीले जनाएको छ। मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ।

Skip This
Skip This
Logo