बबई नदी किनारमा तीन जनाको शव फेला

बबई नदी किनारमा तीन जनाको शव फेला


दाङको बबई नदी किनारमा तीन जनाको शव फेला परेको छ ।

तुलसीपुर–१३ बबरपुरमा शव फेला परेको हो । नचिनिने अवस्थामा शव रहेको तुलसीपुर –१३ का वडा अध्यक्ष मोहन पौडेलले जानकारी दिए । शव भेटिएको स्थलमा प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दा पुगेका छन्। नदीले बगाएको अवस्थामा शव भेटिएको हो ।

वडा अध्यक्ष पौडेलले अन्य कारणले मृत्यु भएको र गाडिएको शव खोलाले बगाएको हुन सक्ने बताए । शव पुरानो भएकाले यस्तो अनुमान गरिएको  वडाअध्यक्ष पौडेलले बताए ।

Logo