हुम्लामा पहिरोले घर पुरिँदा ४ बालबालिकाको मृत्यु

हुम्लामा पहिरोले घर पुरिँदा ४ बालबालिकाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

हुम्लाको चंखेली गाउँपालिका–६ मा पहिरोले एक घर पुरिँदा ४ जना बालबालिकाको मृत्यु भएको छ ।

लगातार परेको पानीले घरमाथि पहिरो जाँदा घर पुरिएको बताइएको छ ।  स्थानीय ध्रुवकुमार शाहीले बताए । पहिरोमा परि घाइते ३ जनाको उद्धार गरिएको छ । सदरमुकाम सिमकोटबाट ३ दिन  हिँडेपछि घटनास्थल पुगिने बताइएको छ । घाइते ३ जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । अहिले पनि झरी परिरहेकोले पुरिएकाको शव निकाल्न नसकिएको बताइएको छ । 

Skip This
Skip This
Logo