बारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बाराको महागढीमाई नगरपालिका–७ बरियारपुर चोकमा हिजो बेलुका मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार स्थानीय ४४ वर्षीया रामदुलारी साह रहेकी छन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा न्युरो अस्पताल परवानीपुर नौतनमा मृत्यु भएको हो । 

मौलापुरबाट तेलकुवातर्फ आउँदै गरेको अल्फाबेट नखुलेको ८५ ०७ नम्बरको मोटरसाइकल हिजो बेलुका ८ बजे अनियन्त्रित भइ पल्टिएको थियो । 

मोटरसाइकल चालकलाई प्रहरी चौकी तेलकुवा बाराले नियन्त्रणमा लिएको छ ।

Logo