1
1
1
1
1
0
Shares

चीनतिर गाई तस्करी गर्ने ५ जना पक्राउ

1
1
1
1
1
1
1
1

नुवाकोट । चीनतिर गाई तस्करी गर्ने ५ जना पक्राउ परेका छन् । विभिन्न ठाउँबाट गाई संकलन गरी चीनको केरुङ लैजादै गरेका ५ जनालाई प्रहरीले पक्राउ गरेको हो।

नुवाकोटस्थित बट्टारमा शनिबार पुरिएको अवस्थामा जिउँदो गाई भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक अविनारायण काफ्लेले जानकारी दिए।

कस्पाङ गाउँपालिका–३ का ३६ वर्षे राज तामाङ र ५४ वर्षे आइत तामाङविरुद्ध प्रहरीले मुद्धा दायरसमेत गरेको छ। पक्राउ परेका अन्य ३ जनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक राजेश थापाले जानकारी दिए।

तामाङद्वयलाई बट्टार हावाघरबाट पक्राउ गरिएको हो भने अन्य ३ जनालाई वेत्रावतिबाट पक्राउ गरिएको हो । उद्दार भएका गाईहरु केरुङतर्फ निकास गर्न खोजिएको भन्ने जानकारी आएपछि घटनाको विशेष अनुसन्धान हुनुपर्ने स्थानीयले माग गरेका छन् ।

प्रकाशित: २२ भदौ २०७६ १९:३५ आइतबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी