1
1
1

0 Shares

सिन्धुपाल्चोकमा एचआइभी सङ्क्रमित १२१ पुगे

1
1

सिन्धुपाल्चोकमा एचआइभी सङ्क्रमितको सङ्ख्या एक सय २१ पुगेको छ । लामो समयदेखि जिल्लामा एचआइभी/एड्स नियन्त्रणका लागि काम गर्दै आएको मिर्मिरे समूहका अध्यक्ष किपक तामाङका अनुसार सङ्क्रमितहरूमध्ये ५३ महिला र ६८ पुरूष  छन् । 

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने इचोक गाविसमा सवैभन्दा बढी एचआइभी सङ्क्रमित भेटिएको छ । तीस जना सङ्क्रमितहरूमध्ये ११ महिला र १९ पुरुष रहेका छन् । गत वर्ष जिल्लामा ४३ महिला र ५२ पुरुष गरी ९५ मा एचआइभी/एड्स देखिएको थियो । 

समूहका अध्यक्ष  तामाङका अनुसार यो सङ्ख्या अझै बढी हुनसक्छ । उनले भने, “यो तथ्याङ्क त हामीसँग सम्पर्कमा आएकाहरूको मात्रै हो, हामीजस्ता सङ्घसंस्थाहरूको सम्पर्कमा आउन नचाहनेको सङ्ख्या अझै बढी रहेको अनुमान गरेका छौँ । मिर्मिरेको तथ्याङ्कमा जिल्लामा ६ बालबालिकामा एचआइभी भेटिएको छ । 

प्रकाशित: २३ कात्तिक २०७९ १५:४२ बुधबार

1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी