हुस्सुले धनगढी–काठमाडौं उडान प्रभावित

हुस्सुले धनगढी–काठमाडौं उडान प्रभावित


हुस्सुका कारण धनगढी–काठमाडौं उडान प्रभावित भएको छ । 

धनगढी–काठमाडौं र काडमाडौं–धनगढी उडान प्रभावित भएको हो ।  धनगढी विमानस्थल कार्यालयका प्रमुख रामकृष्ण भट्टले शुक्रबार बिहान र शनिबार बिहान हुस्सुका कारण उडान प्रभावित भएको जानकारी दिए । ठूला जहाजलाई कम्तीमा एक हजार ६०० मिटरको भिजिबिलिटी आवश्यक हुने भट्टले बताए ।

हुस्सुका कारण भिजिबिलिटी नभएकाले उडान प्रभावित भएको उनले बताए । धनगढी विमानस्थलमा कम भिजिबिलिटीमा उडान गर्नका लागि ‘भीओआरडीएई’ उपकरण जडान गरिएको छ । तर उपकरणको परीक्षण नभएकाले प्रयोगमा आएको छैन । ​

Logo