जिप दुर्घटनामा ३६ वर्षीय निलेश कवरको मृत्यु, ११ वर्षीय छोरा गम्भीर घाइते

जिप दुर्घटनामा ३६ वर्षीय निलेश कवरको मृत्यु, ११ वर्षीय छोरा गम्भीर घाइते

केन्द्रबिन्दु
0
Shares

रोल्पामा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।  रोल्पा नगरपालिका-५ भैसिकुटीस्थित सडकमा वाझवाङबाट किमिचौर बजारतर्फ जाँदै गरेको लु.१ च ५४६४ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट अन्दाजी २ सय मिटर तल खोलामा खसेर शनिबार बिहान दुर्घटना हुँदा चालक रोल्पा नगरपालिका-५ वाझवाङ बस्ने ३६ वर्षीय निलेश कवरको घटनास्थलमै मृत्यु भएको हो ।

साथै दुर्घटनामा गम्भीर घाइते भएका मृतकको ११ वर्षीय छोरालाई उपचारको लागि प्युठान विजुवारतर्फ पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

Skip This
Skip This
Logo