इन्जिनियर सत्याल र प्लम्बर थापाविरुद्ध भ्रष्टाचार मुद्दा, २८ लाख बिगोदाबी

इन्जिनियर सत्याल र प्लम्बर थापाविरुद्ध भ्रष्टाचार मुद्दा, २८ लाख बिगोदाबी

केन्द्रबिन्दु
0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, रामेछापका इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । 

सेवाग्राहीसँग घुस रकम मागिरहेको अवस्थामा पक्राउ परेका दुवैविरुद्ध अख्तियारले सोमबार विशेषमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

खानेपानीसम्बन्धी कामको भुक्तानीबापत सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनको आधारमा अख्तियार टोलीले इन्जिनियर सत्याल र प्लम्बर थापालाई सेवाग्राहीबाट १६ लाख रुपैयाँ र १२ लाख रुपैयाँको चेक लिइसकेको अवस्थामा गत ७ कात्तिकमा रंगेशात पक्राउ गरेको थियो । दुवैविरुद्ध जनही २८ लाख रुपैयाँ बिगोदाबी गरिएको छ । 

अनुसन्धानको सिलसिलामा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, रामेछापका इन्जिनियर सत्याल र प्लम्बर थापाले विभिन्न आर्थिक वर्षहरुको भुक्तानी भएको रकमको धरौटी फिर्ता गर्ने क्रममा २८ लाख रुपैयाँ घुस रिसवत माग गरी लिएको पुष्टि हुन आएकाले सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियार प्रक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

Skip This
Skip This
Logo