काठमाडौं ।
पछिल्ला दिनहरुमा एसिड आक्रमणका घटनामा कमी आउन सकेको छैन । २ हप्ता अघि बाफलमा एसिड आक्रमणको घटना सेलाउन नपाउँदै काठमाडौंको चुच्चेपाटीमा यस्तै अर्को घटना दोहोरिएको छ । एक व्यक्तिले आफ्नै पत्नी र छोरीलाई स्प्रिट प्रहार गरेका छन्।
हेटौंडा घर भइ चुच्चेपाटी बस्दै आएका राजन विष्टले मदिरा सेवन गर्दै घरमा आएर पत्नी र करिब २० वर्षीया छोरीलाई स्प्रिट आक्रमण गरेका हुन्।
राति नौ बजे घटना हुने बित्तिकै राजन विष्टलाई महानगरीय प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको छ ।
घरायसी झगडाका कारण मादक पदार्थ सेवन गरेर विष्टले स्प्रिट आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।





























प्रतिक्रिया