हाल तराईमा हुस्सु र कुहिरो लागिरहेको छ ।
मध्य तराईमा शीतलहर पनि चलिरहेको छ । पहाडी क्षेत्रमा बदली छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण मौसममा खराबी आएको हो । दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र गण्डकीका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ ।
मंगलबार पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ ।































प्रतिक्रिया