श्रीमान्-श्रीमती मृत फेला

श्रीमान्-श्रीमती मृत फेला

केन्द्रबिन्दु
0
Shares

भरतपुर महानगरपालिका–२९ मा आज बिहान श्रीमान् श्रीमती मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार वडा नं २९ लमजुङ्गे टोलमा  बस्ने २२ वर्षीय प्रेम राना मगर आफ्नै घरको कोठाको बलोमा नाइलनको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएका छन् । उनकी  श्रीमती २१ वर्षीया शान्ति भनिने बुद्धिमाया राना मगर घरबाहिर आँगनमा रहेको अँगेनाको छेउमा मृतावस्थामा भेटिएको अधिकारीले जानकारी दिए । 

मृतक बुद्धिमायाको टाउकोमा चोट देखिएको प्रहरीले जनाएको छ ।

Logo