बारामा भएको सवारी दुर्घटनामा सडकमा हिँडिरहेकी एक महिलाको मृत्यु भएको छ ।
कोल्हवी नगरपालिका वगेवा टोल बस्ने अन्दाजी ५८ वर्षीया ज्ञान्त्री चौधरीको मृत्यु भएको हो ।ज्ञान्त्रीको एल.एस. न्युरो अस्पताल परवानीपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता राजेश थापाले जानकारी दिए । दुर्घटनामा ज्ञान्त्रीलाई ठक्कर दिने मोटरसाइकल चालक स्थानीय २६ वर्षीय कुन्दन चौधरी पनि घाइते छन् । उनको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ । तामागढी अस्पताल कोल्हवीमा उपचाररत उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मंगलबार साँझ तामागढी सिम्रौनगढ सडक खण्डमा कोल्हवीबाट बगेबातर्फ जाँदै गरेको बा. २९प ७०१८ को मोटरसाइकलले पैदलयात्री ज्ञान्त्री चौधरीलाई ठक्कर दिएको हो । उनको टाउको, दाहिने खुट्टा र शरीरकको विभिन्न भागमा चोट लागेको थियो । कोल्हवीमा सामान्य उपचारपछि थप उपचारका लागि एल.एस न्युरो अस्पताल लगिएको थियो ।अस्पतालले राति करिब सवा ९ बजे उनको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।































प्रतिक्रिया