विपद् विज्ञहरुले नेपालमा विपद्का जोखिमहरु बढीरहेको भन्दै आवश्यक साधवानी अपनाउन आग्रह गरेका छन् ।
बुधवार काठमाडौंमा भएको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनमा माननीयज्युहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. रञ्जनकुमार दाहालले नेपालमा जलवायु परिवर्तनका कारण विपद्जन्य घटनाहरु बढीरहेको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन् । उनले नेपालमा जलवायु परिवर्तनका कारण दुधकोशी, खुम्बु, लिखु, मेलम्ची लगायतका नदीका मुहानहरुमा हिमताल फुट्ने र पहिरो जाने क्रम बढ्दै गइरहेको बताए ।
उनले विपद्जन्य घटनाहरुलाई क्रम गर्नेकुरामा सरकारले आवश्यक नीति ल्याएर विपद्का घटनाहरु कम गर्नेकुरामा ध्यान दिनुपर्ने बताए । उनले भौतिक संरचनाहरु बनाउँदा पनि आवश्यक र दूरगारी अध्ययन हुन नसक्दा यस्ता समस्याहरु दिनप्रतिदिन बढ्दै गइरहेको बताए । उनले विपद् जोखिम न्युनिकरणका लागि बाँकी रहेका जोखिमहरुको पहिचान गरी विस्तृत योजना बनाइ स्थानीय निकायहरुसँग मिलेर अघि बढ्न सुझाव दिए ।
उनले विपद् जोखिम न्युनिकरणकालागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्न जरुरी भइसकेको बताए । उनले स्थानीय निकायहरुले आफ्नो ठाउँका विपदहरु बुझेर काम गर्ने हो भने आगामी दिनमा विपद्जन्य घटनाहरुलाई कम गर्दै जान सकिने बताए । विपद् विज्ञ दाहालले विपद्को बारेमा जानकारी दिन विद्यालय पाठ्यक्रममा नै विपद्का बारेमा अध्ययन, अध्यापन गराउन आवश्यक रहेको बताए । उनलेप्रत्येक पालिकामा भूगर्भविद् ईन्जिनियर आवश्यक रहेको पनि उल्लेख गरे ।





























प्रतिक्रिया