पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा लोकगायिका नीरा छन्त्यालको पनि निधन भएको छ ।
पोखरामा आयोजित एक सांगीतिक कार्यक्रममा सहभागी हुन विमान सवार गरेकी छन्त्याल आइतबार बिहान भएको दुर्घटनामा परेकी हुन् । उनको दुर्घटनामा मृत्यु भएको पुष्टि परिवार स्रोतले गरेको छ । गायिका नीराले पोखरा उड्नुअघि माघे संक्रान्तिको तस्वीर र शुभकामनासमेत पोस्ट गरेकी थिइन् ।
जहाज सेती खोँचमा विमान खसेको थियो । विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेका थिए । हालसम्म ६८ जनाको मृत्यु पुष्टि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।





























प्रतिक्रिया