पोखरामा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

पोखरामा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

केन्द्रबिन्दु
0
Shares

आइतबार बिहान पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको ‘ब्ल्याक बक्स’ भेटिएको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीका अनुसार सोमबार बिहान दुर्घटनास्थलमा ब्ल्याक बक्स भेटिएको हो ।

७२ जना यात्रु सवार यती एयरलाइन्सको एटिआर–७२ विमान सेती नदीको खोँचमा खसेकाे थियाे । हालसम्म ६८ जनाको शव भेटिएको छ भने बाँकी ४ जना अझै वेपत्ता नै छन् । उनीहरुको खोजी कार्य जारी छ । बिहानैदेखि पोखराको मौसम प्रतिकूल भइरहेका कारण पनि उद्धारका कठिनाइ भएको छ । 

भेटिएका सबै शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । अहिले शवको पहिचानको काम भइरहेको छ । पहिचान खुलेका शव जिम्मा लगाउनका लागि आफन्तलाई बोलाइएको छ । 

Skip This
Skip This
Logo