बुधवार मात्रै दुई जनाको कोरोनाबाट ज्यान गएको पुष्टि, देशभर ज्यान गुमाउनेको संख्या ६० पुग्यो

बुधवार मात्रै दुई जनाको कोरोनाबाट ज्यान गएको पुष्टि, देशभर ज्यान गुमाउनेको संख्या ६० पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा थप २ जनाको कोरोनाका कारण मृत्यु भएको हो । मन्त्रालय प्रवक्ता प्रा. डा. जागेश्वर गोतमकाअनुसार मृत्यु हुनेमा पर्साको पोखरिया ९ का १८ वर्षिया किशोरी र विरगञ्ज ५ का ४६ वर्षिय पुरुष रहेका छन । साउन १९ गते झाडापाखालाबाट ग्रस्त किरोशीलाई उपचारका लागि नेशनल मेडिकल कलेज लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । उनको स्वाव संकलन गरी परीक्षण गर्दा कोभिड पोजेटिभ देखिएको प्रवक्ता गौतमले जानकारी दिए ।

यस्तै विरगञ्ज ५ का ४६ का पुरुषको साउन २१ गते अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । केही वर्षदेखि मधुमेहका रोगी उनको ज्वरो र खोकीको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । १९ गते स्वाव संकलन गरिएकोमा त्यही दिन कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि भएपनि उनको आइसोलेसनमा राखेर उपचार सुरु गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ । साथै बुधबार ३ सय ८१ जना थप कोरोना संक्रमित थपिएका छन । योसँगै देशभर कोरोना संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ५९ पीसीआर परीक्षण गरिएको छ । योसँगै देशभर अहिलेसम्म ४ लाख १२ हजार ९ सय ५३ पीसीआर परीक्षण गरिएको छ । साथै, देशभरीका अस्पतालमा ६ हजार १ सय ७३ जना संक्रमित उपचाररत रहेका छन । प्रवक्ता डा. गौतमकाअनुसार प्रदेश नम्बर १ मा ३ सय १२, प्रदेश नम्बर २ मा २ हजार ६ सय २२ र वाग्मती प्रदेशमा ७ सय ८५ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन । यस्तै गण्डकी प्रदेशमा २ सय ७२, प्रदेश नम्बर ५ मा ३ सय ४०, कर्णाली प्रदेशमा २ सय ९२ र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय ५१ जना उपचाररत रहेका छन ।

त्यस्तैगरी बुधबार १ सय ३० जना संक्रमणमुक्त भएका छन । आजसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार १ सय ५६ पुगेको छ । प्रदेश नम्बर १ मा ९ सय १६, प्रदेश नम्बर २ मा ३ हजार २ सय १२, वाग्मती प्रदेशमा ५ सय ४३ र गण्डकी प्रदेशमा १ हजार ३ सय ६२ जना संक्रमित डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ८८, कर्णाली प्रदेशमा १, हजार ७ सय ४४ र सुदूरपश्चिम प्रदेशमा ३ हजार २ सय ९१ जना संक्रमणमुक्त भएका छन ।

बुधबार देशभरीका क्वारेन्टाइनमा ९ हजार ९ सय २५ जना रहेका छन । प्रदेश नम्बर १ मा १ हजार ५ सय ८२, प्रदेश नम्बर २ मा १ हजार २ सय ११, वाग्मती प्रदेशमा ७ सय ९८ र गण्डकी प्रदेशमा २ हजार ६ सय ३३ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ३ सय ८९, कणर्ाली प्रदेशमा ४ सय ६३ र सुदूरपश्चिम प्रदेशमा १ हजार ८ सय ४४ जना रहेका छन ।

Skip This
Skip This
Logo