दुई लाख घुस लिएको अभियोगमा राजस्व अनुसन्धान कार्यालयका प्रमुख पक्राउ

दुई लाख घुस लिएको अभियोगमा राजस्व अनुसन्धान कार्यालयका प्रमुख पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानाले एक व्यवसायीसँग दुई लाख घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार प्रमुख अनुसन्धान अधिकृत रानाले गुट्खा तथा चिनी व्यवसायी अनिलकुमार झाबाट मासिकरुपमा घुस लिने गरेको भन्ने सूचनाका आधारमा पुगेको आयोगको टोलीले पक्राउ गरेको हो ।

आयोगको बुटवल कार्यालयबाट गएको टोलीले रानालाई बुटवल उपमहानगरपालिका १३ बुद्धचोकबाट पक्राउ गरेको हो । आरोपी रानाको अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।रासस

Skip This
Skip This
Logo