बाजुरामा भूकम्पको धक्का, केही घरमा क्षति

बाजुरामा भूकम्पको धक्का, केही घरमा क्षति

केन्द्रबिन्दु
0
Shares

कर्णाली प्रदेशलगायत पश्चिमी क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ।

मंगलबार दिउँसो हिमपातसँगै २ः४३ बजे बाजुराको मेला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो। सुदूरपश्चिमका विभिन्न जिल्लामा समेत भूकम्पको धक्का महसुस भएको छ। भुकम्पका कारण बाजुराकाे बडिमालिकामा सात घरमा क्षति पुगेको छ  । 

यसअघि कात्तिकमा सुदूरपश्चिमको डोटीमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो । 

Logo