बाजुरालाई केन्द्रबिन्दु बनाएर मंगलबार गएको भूकम्पको धक्का भारतको राजधानी नयाँ दिल्ली र वरपरका क्षेत्रमा पनि महसुस गरिएको छ ।
दिल्लीका बासिन्दाहरूले भुकम्पको समयमा छतका फ्यानहरू र घरका सामानहरू हल्लिएका भिडियोहरू सोसल मिडियामा सेयर गरेका भारतीय सञ्चार माध्यम एनडिटीभिले जनाएको छ । मंगलबार दिउँसो बाजुराको मैला भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।
भूकम्पले पु-याएको क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँकी छ ।































प्रतिक्रिया