पाल्पामा टिपर दुर्घटनामा हुँदा चालकको मृत्यु

पाल्पामा टिपर दुर्घटनामा हुँदा चालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–४, केराबारीमा बुधबार राति टिपर दुर्घटनामा हुँदा चालक सरोज न्यौपानेको मृत्यु भएको हो । पाल्पाबाट बुटवल जाँदै गरेको ना ८ ख ७९२४ नम्बरको टिपर दुर्घटनामा स्याङ्जाको गल्याङ नगरपालिका–१, मालुङगा राम्दीका २२ वर्षीय न्यौपानेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पालपका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

प्रहरीले न्यौपानेको शव आज बिहान तिनाउ खेलामा डुबेको अवस्थामा फेला पारेको हो । दुर्घटनाग्रस्त टिपर सडकबाट १ हजार २ सय मिटर तल तिनाउ खोलामा खसेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo