एसएस फाउण्डेशनले ९ वटा विद्यालयहरुलाई झोला सहयोग गरेको छ ।
आईतबार प्रजातन्त्र दिवसको अवसर पारेर एसएस फाउण्डेशनले दोलखाका ५ र भक्तपुरका ४ गरी ९ वटा विद्यालयहरुलाई झोला सहयोग गरेको हो । फाउण्डेशनले विद्यार्थीहरुलाई अध्ययन गर्नका लागि सहज होस् भनेर झोला विद्यालयलाई बुझाएको र विद्यालयले विद्यार्थीहरुलाई सो झोला प्रदान गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले बताए ।
उनले शैलुङ गाउँपालिका ८, दोलखाको श्री चण्डिका आधारभुत विद्यालय सहितका अन्य विद्यालयहरुलाई झोला वितरण गरेको बताए । बालबालिकाको पढाइका लागि झोला महत्वपूर्ण कुरा भएको बताए । यसअघि पनि फाउण्डेशनले देशका विभिन्न स्थानका विद्यालयमा स्कुले विद्यार्थीहरुलाई झोला वितरण गर्दै आएको छ ।





























प्रतिक्रिया