काठमाडौं ।
काठमाडौं उपत्यकाभित्र लागू औषध, खैरो हिरोइनको कारोबार गर्ने जालो प्रहरीको फन्दामा परेको छ ।
लागू औषध नियन्त्रण व्यूरोले काठमाडौं उपत्यकाभित्र लागू औषध खैरो हिरोइनको कारोबार गर्ने जालोलाई पक्राउ गरेको हो । लागू औषध खैरो हिरोइनसहित ९ जना पक्राउ परेका हुन् । उनीहरुबाट ब्यूरोले ५ सय ३६ दशमलव पाँच ग्राम खैरो हिरोइन बरामद गरेको छ । यो परिमाण प्रहरीले बरामद गरेको हालसम्मै धेरै हो ।
ब्यूरोले उनीहरुको साथबाट ७ दशमलव ५ ग्राम एमफेटाइमन आइस ड्रग र लागू औषधी तौल गर्ने मेसिन पनि बरामद गरेको छ । यस्तै, ६ लाख ७१ हजार ५ सय रुपैयाँ नगद, ६ हजार १ सय अमेरिकन डलर र ३ थान सवारी साधन समेत बरामद गरेको छ । ब्यूरोका प्रमुख एसएसपी दिलिप कुमार चौधरीले विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको जानकारी दिदैं काठमाडौं उपत्यकाभित्र कारोबार गर्ने अन्य व्यक्तिहरुको समेत खोजि भइरहेको जानकारी दिए ।
लागू औषध नियन्त्रण व्यूरोले पक्राउ परेका नौ जनालाई नै बुधबार सार्वजनिक गरेको हो । ब्यूरोका अनुसार पक्राउ परेका व्यक्तिहरुले लागू औषध खैरो हिरोइन प्रति १ ग्राम ३ हजारदेखि १० हजरसम्ममा बिक्रि वितरण गरेको अनुसन्धानमा देखिएको पनि जानकारी दिएको छ ।































प्रतिक्रिया