राति रड बोकेर हिँड्ने एक युवक पक्राउ

राति रड बोकेर हिँड्ने एक युवक पक्राउ

केन्द्रबिन्दु
0
Shares

काभ्रेपलाञ्चोकको बनेपामा राति शंकास्पदरुपमा रड बोकेर हिँड्ने एक जना युवक पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बनेपाका अनुसार गत फागुन ९ गते राति साढे ११ बजे सडक पेटीमा शङ्कास्पद रूपमा चोरीमा प्रयोग हुने फलामको रड लिई बसिरहेको अवस्थामा ती युवक पक्राउ परेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । 

पक्राउ पर्नेमा नमोबुद्ध न.पा. वडा नं. ६ का २५ वर्षीय ईन्द्रलाल तामाङ रहेका छन् । तामाङलाई पक्राउ गरी फागुन १० गते जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट चोरी तथा डाँका सम्बन्धी कसुर अन्तर्गत सात दिनको म्याद थपी अनुसन्धान भइरहेको छ ।

Logo