दुई हप्ताका लागि विराटनगरमा फेरि लकडाउनको घोषणा

दुई हप्ताका लागि विराटनगरमा फेरि लकडाउनको घोषणा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । विराटनगरमा फेरि दुई हप्ताका लागि लकडाउनको घोषणा गरिएको छ । समुदायमा कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै विराटनगरमा शनिबारदेखि लागू हुनेगरी दुई हप्ताका लागि फेरि लकडाउनको घोषणा गरिएको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण गत वर्षको चैत्र ११ गतेदेखि देशभर एकैसाथ लागू हुनेगरी लकडाउनको घोषणा गरिएको थियो । पछि देशभर कोरोनाको संक्रमण घट्दै गएको र अर्थतन्त्र धरासायी हुन लागेको भन्दै गत साउन ७ देखि चार महिने लकडाउनको अन्त्य गर्ने सरकारले निर्णय गरेको थियो । तर पछिल्लो समय देशभर फैलिएको संक्रमणका कारण ठाउँ–ठाउँमा स्थानीय सरकारले निषेधाज्ञा जारी गर्दै आएका छन् ।

Logo